१८ साउन, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तन प्राप्तिमा स्व. चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् ।
स्व.बगालेको निवास भरतपुर महानगरपालिका-४ त्रिचोकमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो बताएका हुन् । प्रत्येक आन्दोलनमा स्व.बगालेले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको समेत उनले उल्लेख गरेका थिए ।
कांग्रेसले पार्टीमा योगदान दिने र त्याग गर्नेहरूलाई सधैँ सम्मान गर्ने सभापति देउवाले बताएका छन्। अग्रजहरूको सपना पूरा गर्नका लागि पार्टी नेतृत्व सधैँ तयार रहेको र पार्टीले पुराना नेताको सम्मान गर्दै अघि बढ्ने सभापति देउवाले प्रतिबद्धता व्यक्त गरेका थिए ।
१९८६ पुस १५ गते लमजुङको साविक सूर्यपाल गाउँविकास समिति नं ८ मा जन्मिएका बगालेको २०८२ साउन १० गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।





