राजनीति

छानविन समितिले ‘कुलिङ पिरियड’मा भएको त्रुटी सम्बन्धी प्रतिवेदन सभामुख घिमिरेलाई बुझायो

२० साउन, काठमाडौं । संसदीय विशेष छानविन समितिले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’मा भएको त्रुटीको बारेमा बनेको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाएको छ ।

लामो छलफलपछि मंगलबार बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाएको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा आयोजित एक कार्यक्रमकाबीच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद सचिवालयले जनाएको छ ।

लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पास भएको थियो।