२० साउन, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक कुलिङ पिरियड बनाउने क्रममा गल्ती भएको स्वीकार गरेका छन् ।
सभापति खतिवडाले तर सोही विधेयक बनाउने क्रममा गल्ती आफूबाट नभएको दावी गरेको दावी गरेका हुन् । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा गठित गरेको संसदीय विशेष छानबिन समितिले सोधपुछ गर्ने क्रममा सभापति खतिवडाले यस्तो दावी गरेका थिए ।
सोही समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई मंगलबार बुझाएको प्रतिवेदनमा खतिवडाले सोधपुछका क्रममा दिएको जवाफसहित समावेश गरिएको छ ।





