आर्थिक

शेयर बजार ४१ अंकले घट्यो, ९ अर्ब ३३ करोड ३९ लाख बढीको कारोबार

२० साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्स (नेप्से) परिसूचकमा मंगलबार ४१ दशमलव ७८ अंकले घटेको छ ।

२ हजार ८ सय ३३ दशमलव ५७ को बिन्दुमा कायम भएको हो । यो १ दशमलव ४५ प्रतिशतको गिरावट भएको नेप्सेले जनाएको छ । कारोबारमा ३ सय २५ कम्पनीको २ करोड २२ लाख ७ हजार १ सय ४२ कित्ता शेयर १ करोड ३० लाख ९ सय ५३ पटक खरिद बिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४ सय ८१ बराबरको कारोबार भएको छ ।

लघुवित्त समूह ० दशमलव ४४ र म्युचुअल फन्ड ० दशमलव १७ प्रतिशतले बढेको हो । अन्य सबै समूहको उपसूचक घटेको छ । बैंकिङ १ दशमलव ०८, विकास बैंक २ दशमलव ४६, वित्त १ दशमलव ८५, होटल तथा पर्यटन ० दशमलव ९९, जलविद्युत् १ दशमलव ७१ र जीवन बिमा १ दशमलव ४२ प्रतिशतले घटेको हो । त्यसैगरी उत्पादन तथा प्रशोधन १ दशमलव ६३, निर्जीवन बिमा १ दशमलव २०, व्यापार १ दशमलव ८५ र अन्य समूह २ दशमलव ७६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।