आर्थिक

एनआईसी एशियाका ग्राहकलाई रिसोर्टमा १० प्रतिशत छुट

२१ साउन, काठमाडौं । एनआईसी एशिया बैंक र धुलिखेलमा रहेको हिमालय दृष्य रिसोर्टबीच सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुलाई विशेष छुट उपलब्ध गराउनका लागि बैंक र रिसोर्टबीच बुधबार सम्झौता भएको हो । सोही समझदारीसँगै यस बैंकका ग्राहकहरुले धुलखेलमा रहेको हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने भएका छन् ।

यस सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने भएको हो । रिसोर्टसँगको सहकार्यले बैंकका ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।