२२ साउन, काठमाडौं । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।
काठमाडौंमा बिहीबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली सोही विधेयकको विरुद्धमा उभिएका कारण संसदमा विधेयक पेश हुन ढिलाइ भएको उनको दावी छ । अध्यक्ष दाहालले आफूले शिक्षक र विद्यार्थीको पक्षमा उभिएको र प्रधानमन्त्री ओलीले शिक्षकलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको समेत आरोप लगाएका थिए ।
गत असार १५ गते नै पारित हुने भनिएको सोही विधेयक ओली नेतृत्वको सरकारकै कारण रोकिएको उनको दावी छ । अध्यक्ष दाहालले आफ्नो पार्टी सार्वजनिक शिक्षाको पक्षमा रहेको समेत तर्क गरेका थिए ।





