आर्थिक

शेयर बजारमा २७ अंकको गिरावट, १० अर्ब २१ करोड १ लाख बढीको कारोबार

२६ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ९० अंकले घटेको छ ।

सोही अंकले घटेर २ हजार ८ सय २२ दशमलव ४६ को बिन्दुमा कायम भएको नेप्सेले जनाएको हो । नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको छ । विभिन्न ३ सय २४ कम्पनीका २ करोड ५० लाख ९२ हजार ४ सय ९० कित्ता शेयर ९८ हजार ५ सय २५ पटक खरिद बिक्री हुँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३ सय ८ बराबरको कारोबार भएको नेप्सेले जनाएको हो ।

कारोबारमा म्युचुअल फन्ड शून्य दशमलव १७ र अन्य समूह शून्य दशमलव ३१ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक भने घटेको हो । सबै भन्दा बढी विकास बैंक समूह २ दशमलव ३१ र लघुवित्त समूह २ दशमलव ३५ प्रतिशतले घटेको छ। बैंकिङ शून्य दशमलव ४१, वित्त १ दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत एक दशमलव ४१ र लगानी समूह दशमलव १७ प्रतिशतले घटेको हो ।

त्यस्तै जीवन बीमा शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७५, निर्जीवन बीमा १ दशमलव २४ र व्यापार समूह १ दशमलव ४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । रिभर फल्स पावर लिमिटेडको शेयर मूल्यमा सोमबार सकारात्मक सर्किट लागेको हो। सबै भन्दा बढी गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ दशमलव ६४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोमबार सबै भन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको ५३ करोड ८८ लाख ६० हजार ९ सय ५७ बराबरको शेयर कारोबार भएको हो । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबै भन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को ९ लाख २३ हजार ५ सय ४९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।