राजनीति

रवि लामिछाने रुपन्देहीबाट काठमाडौं कारागार सरुवा हुने निश्चित

३० साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ललितपुरको नख्खु कारागार सरुवा हुने निश्चित भएको छ । 

केही अगाडी नै काठमाडौं सरुवा गरिपाऊँ भन्दै निवेदन दिएका लामिछानेको उनको इच्छा अनुसार नै काठमाडौं सरुवा हुन लागेको बताइएको छ । 

पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने सहकारी ठगीको अनुसन्धानका क्रममा पूर्पक्षका लागि कारागारमा रहेको छन् । 

लामिछाने काठमाडौँ सरुवा हुने निश्चित भएको कारागार व्यवस्था विभागका निर्देशक लीला प्रसाद शर्माले पुष्टि गरेका छन् ।