आर्थिक

महँगीको मारमा जनता पिल्सिएका बेला पेट्रोलको मूल्य बढ्यो

३० साउन, काठमाडौँ । शनिवारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनले तेलको भाउ घटाए घटाउने र बढाए बढाउने प्रणाली अनुसार आजको मूल्य समायोजन भएको हो । 

महँगीको मारमा जनता पिल्सिएका बेला पेट्रोलको भाउ बढ्नु राम्रो कुरा नभए पनि मूल्य समायोजनका कारण बढेको निगमको तर्क छ ।