२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता डा शेखर कोईराला पक्षका मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देन दिएका छन् । रामनाथ अधिकारीले कृषि मन्त्रीबाट राजीनामा दिईसकेका छन् भने प्रदीप पौडेलले राजीनामा दिने तयारी गरिरहेका छन् ।
बद्री पाण्डे शेखर कोईराला समूबाट मन्त्री बनेका पनि राजीनामा दिने प्रशंगै उठाएका छैनन् ।
काँग्रेस महामन्त्री गगन थापाले भने काँग्रेसबाट मन्त्री बनेकाहरुलाई सरकारबाट फिर्ता बोलाउने प्रयासमा आफु रहने बताएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई केपी ओली सरकारबाट फिर्ता बोलाउन दबाब आए पनि देउवाले ओलीसँगको सहकार्य टुटाउने कुनै छाँटकाँट देखाएका छैनन् ।
अहिलेसम्म १९ जनाको जेएनजी आन्दोलनका कारण प्रहरी लागि निधन भईसकेको भने ४ सय भन्दा बढी घाईते उचरारतः छन्। आज देशभर बिभिन्न जिल्लाहरुमा कफ्र्यु आदेश जारी छ । यस अवस्थामा पनि काँग्रेसका वरिष्ठ नेतासहितका काँग्रेसका उच्च नेताहरुले दबाब दिँदासमेतर सभापति देउवा मौन रहेकोमा बिश्वभर ओली र पुष्पकमल दाहशालसंगै देउवाकोसमेत विरोध भईरहेको छ ।





