राजनीति

पृथ्वी सुब्बा, प्रचण्ड, आरजु र लेखकको घरमा तोडफाेडपछि आन्दोलनकारीद्वारा देउवाको महलमा लगाए आगो

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थीत निवासमा जेएनजीका प्रदर्शनकारीहरुले गेट फुटाएर आगजनी र ढुँगामुढा गरेका छन् ।


सरकारबाट मन्त्री फिर्ता गर्न ओली सरकारलाई दिएको समर्थन फिर्ता गर्न नेपाली काँग्रेसका आम नेता कार्यकर्ता तथा शुभचिन्तकहरुले ब्यापक दबाब दिँदासमेत ठाडा कान नलगाएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरुले सभापति देउवा निवासमा गएर घरमा तोडफोड र आगजनी गरेका हुन् ।


आज माओबादी अध्यक्ष पुष्पकमल दहाल निवास, निबर्तमान गृहमन्त्री रमेश लेखक निवास, धनगढीस्थीत आरजु देउवा निवासमासमेत आगजनी गरेका छन् ।


जेएनजी युवाहरुले आरजु देउवाको निवासमासमेत आगजनी गरेका छन् । नेपाली काँग्रेस, नेकपा एमो तथा माओबादीका नेताहरुका घर घरमा तोडफोड तथा आगजनीमा उत्रिएका देखिएका जेएनजी पुस्ताका युवाहरुले केपी चोर देश छोडका नाराहरु लगाउँदै देशभर आन्दोलन चर्काईरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयहरुले कफ्यु घोषणा गरेको भएपनि प्रहरीले सुरक्षा दिने अवस्था देखिँदैन, सुरक्षा प्रहरी नियन्त्रणभन्दा बाहिर गईसकेको देखिन्छ ।