३ असोज, पाटन (ललितपुर) । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक भनेको छ ।
आज केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले भदौ २५ र २४ गतेको जेएनजी आन्दोलनका कारण नयाँ सरकार निर्माण गरी प्रधानमन्त्रीको सिफारिसमा गरिएको संसद् विघटन असंवैधानिक भनेको हो ।
उपसभापति पूर्ण बहादुर खड्काको सभापतित्वमा बसेको कार्यसम्पादन समितिको बैठकले आगामी दसैँ अगाबै केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।
सभापति शेरबहादुर देउवा र पत्नी डा आरजु देउवालाई आफ्नै निवासमा २४ गते ३ बजेको समयमा आक्रमण गरिएको कारण उनी अस्पतालमा उपचाररत: छन् ।
काँग्रेस बैठकमा संसद् पुनः स्थापना हुनुपर्ने भनिएको छ ।





