आर्थिक

सानिमा बैंकको लाभांश घोषणा

५ असोज, काठमाडौं । सानिमा बैंकको यही शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।


बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४।३३ रहेको छ । कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख पैंया ५४ हजार ७००।१५ बराबरको वितरण हुने बैंकले जनाएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनी महानुभावहरूलाई लाभांश वितरण गरिनेछ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।