५ असोज, काठमाडौँ । नेपाली काँग्रेसका नेताहरू प्रकाशमान सिंह, डा शशाङ्क कोइराला, कृष्ण प्रसाद सिटौला, बिमलेन्द्र निधि, डा प्रकाश सरण महतको भेट भएको छ ।
आज चाक्सीबारी स्थीत सिंह निवासमा २३ र २४ गतेको जेएनजी आन्दोलनपछिको विशिष्ट परिस्थितिमा खेल्नुपर्ने काँग्रेसको भूमिकाका विषयमा छलफल भएको हो ।
नेपाली काँग्रेसले अप्ठ्यारो परिस्थितिमा पार्टी कमजोर गर्ने अवस्था आउन नदिने, सभापति देउवाको स्वास्थ्य लाभको कामना गर्दै सभापतिजीको स्वास्थ्य ठिक भएपछि केन्द्रीय समितिको बैठक बसी निर्णय गरिने बताए ।
डा प्रकाश सरण महतले सभापति बिरामी भएर अस्पतालमा भएको अवस्थामा नेपाली काँग्रेसले कुनै पनि नयाँ निर्णय गर्न नसक्ने भन्दै पार्टी बलियो बनाउन सबैले लाग्नुपर्ने बेलामा झन् कमजोर बनाउने राजनीतिक विषयमा दुःख लागेकोसमेत बताए । आज भेट भएका नेताहरु काँग्रेसका दोस्रो पुस्ताका नेताहरुमा पर्दछन् ।
भेटमा उपस्थित नेताहरूले पार्टी बलियो बनाउन सबै लाग्ने र आम जनता कार्यकर्तालाई हतोत्साहित नभई आफ्ना गतिविधि गर्न अनुरोध समेत गरेको छ । सभापति देउवालगायतका नेताहरूको घरमा आगजनी र तोडफोड गर्दै जेएनजीले २३ र २४ गते भदौमा आन्दोलन गरेको थियो । काँग्रेसले यसअघिका बैठकबाट नै प्रतिनिधि सभा विघटन असंवैधानिक भनिसकेको अवस्था छ ।





