राजनीति

ओली र लेखकको पासपोर्ट रोक्का गरेको भन्दै शुसीला कार्की नेतृत्वको सरकारसँग काँग्रेसको आक्रोस

१५ असोज, काठमाडौँ । नेपाली कांग्रेसले अघिल्लो सरकारका प्रधानमन्त्री, गृहमन्त्रीसहित पाँच पदाधिकारीको राहदानी रोक्का गरिएकामा विरोध जनाएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरी दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण गराएको हो ।

गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौँ उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरिएको थियो ।
शुसीला कार्की नेतृत्वको सरकारले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस नेता रमेश लेखकलगायतको पासपोर्ट रोक्का गरेको छ भने उनीहरुप्रति सरकारले पूर्वाग्रही ढंगले काम गरिरहेको काँग्रेसले आँकलन गरेको छ ।