अन्तर्राष्ट्रिय

मेयरको पहिलो दिन: अन्तर्राष्ट्रिय राजनीतिका बीच म:म टाइम

२० कात्तिक, काठमाडौँ ।  अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित जोहरन ममदानीले बुधबार ज्याक्सन हाइट्सस्थित चर्चित नेपाली रेष्टुरेन्ट ‘लालिगुराँस बिस्ट्रो’मा म:म खाएका छन्। ३४ वर्षीय ममदानीले आफ्नो एक्स (ट्विटर)  अकाउन्टमा रेष्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर पनि पोस्ट गरेका छन्।

मेयरको पहिलो दिन लञ्चमा उनी सांसद एओसीसँग भेट भएका थिए। गौतम बुद्धको फोटोअगाडि उभिएर खिचिएको फोटोले पनि सामाजिक सञ्जालमा चर्चा बटुलेको छ। ममदानी न्यूयोर्कका पहिलो मुस्लिम र दक्षिण एसियाली मूलका मेयर हुन्।