राजनीति

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

कार्तिक २२, काठमाडौं। नेपाली कांग्रेसले आज दिउँसो १:०० बजे ललितपुरस्थित बी.पी. स्मृति भवनमा आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेशका सभापतिहरूलाई बैठकमा उपस्थित हुन मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष अनुरोध गरेका छन्।

बैठकमा छलफल हुने एजेन्डा सार्वजनिक भइसकेको छैन, तर पार्टी भित्रका वर्तमान विषयवस्तुहरूमा निर्णय लिने उद्देश्यले बैठक बोलाइएको बुझिएको छ।