राजनीति

राष्ट्रपतिद्वारा आगामी निर्वाचन सफल बनाउन सबैलाई आह्वान

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्।

सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सवमा उनले संविधान र लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचनको सफलता अनिवार्य रहेको बताए।

राष्ट्रपति पौडेलले युवापुस्ताको सुशासन र विकासप्रतिको चाहनालाई ध्यानमा राख्दै निष्पक्ष र सफल निर्वाचन आवश्यक रहेको उल्लेख गरे।

उनले लोकतन्त्रको सुदृढीकरणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै सत्य, तथ्य र विश्वसनीय समाचार प्रवाह गर्नु पत्रकारिताको कर्तव्य र जिम्मेवारी भएको पनि जोडे।