२४ कात्तिक, काठमाडौं । हालैको प्रोटेस्ट आन्दोलनसँगै संसद भवनमा आगजनी भएको घटनापछि नेपाली कांग्रेसका नेता तथा निवर्तमान उपप्रधानमन्त्री प्रकाश मान सिंहले गम्भीर चिन्ता व्यक्त गरेका छन्। प्रोटेस्टले व्यक्तिगत सम्पत्ति मात्र नभई सरकारमाथि पनि प्रत्यक्ष आक्रमण गरेको बताएका हुन्।
उनले गणेशमान सिंहको १११औँ जन्मजयन्तीमा आयोजित कार्यक्रममा भने, “सिहदरबारदेखि सर्वोच्च अदालतसम्म विभिन्न स्थानमा पूर्व योजनासहित भएको विघटनकारी गतिविधि राम्रो संकेत होइन।” नेता सिंहले आगामी दिनमा जिम्मेवार र ठोस कदम चाल्न सबै राजनीतिक दललाई आग्रह गरे।
उनले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा पुराना दलहरूले, विशेष गरी नेपाली कांग्रेसले, जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए। नेता सिंहले कांग्रेसले विगतमा संकटको अवस्थामा ठोस पहल गर्दै उचित समाधान निकाल्ने काम गरेको स्मरण गराउदै वर्तमान परिस्थितिमा पनि समान जिम्मेवारीका साथ अघि बढ्नुपर्ने जोड दिएका छन्।
उनले देशमा शान्ति र स्थायित्व कायम राख्न सबै राजनीतिक दललाई संयम र उत्तरदायित्वका साथ अघि बढ्न आह्वान गरे।
कार्यक्रममा पुर्व राष्ट्रपति डा रमबरण यादव, नेपाली कांग्रेसका पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्य उमाकान्त चौधरीलगायले नेपाली कांग्रेसका सॅस्थापक स्वर्गीय गणेशमान सिंहको १११ औं जन्म जयन्तिको अवशरमा आयोजीत शान्तीबाटिकामा आयोजीत कार्यक्रममा गणेशमान सिंहको योगदानका बिषयमा चर्चा गरेका थिए ।





