२६ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका सबै नेताहरू अन्ततः आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधवार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँग सहमति पत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हावादारी कुरा गर्ने व्यक्ति भन्दै, “केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै नेताहरू यता आउँछन्,” भनेका छन् ।
प्रचण्डका अनुसार हालसम्म १२ वटा राजनीतिक दल र समूहहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन् । गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका विभिन्न दल र समूहहरू मिलेर नयाँ पार्टी ‘नेपाली कम्युनिस्ट पार्टी’ बनेको हो ।





