राजनीति

राहदानी रोक्का र स्थानहदबारे कुनै जानकारी छैन: पूर्वगृहमन्त्री लेखक

२६ कात्तिक, काठमाडौँ ।  पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई स्थानहद र राहदानी रोक्का गरिएकोबारे कुनै औपचारिक जानकारी नआएको बताएका छन्।

उनले सरकारको निर्णयबारे समाचारमार्फत मात्र थाहा पाएको बताए।

जेनजी आन्दोलनको दमनमा आफ्नो कुनै भूमिका नभएको दाबी गर्दै लेखकले सुरक्षा निकायलाई क्याजुअल्टी हुन नदिन निर्देशन दिएको बताए।