२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षका २४ केन्द्रीय सदस्यले आगामी मंसिरभित्रै १५औं महाधिवेशन सुरु गरेर तहगत सबै अधिवेशन सम्पन्न गर्न नेतृत्वसँग माग गरेका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको मागपत्रमा क्रियाशील सदस्यता नवीकरण, विधान संशोधन, आन्तरिक निर्वाचन समिति पूर्णता, तथा युवा, महिला, दलित, आदिवासी, मधेशी, मुस्लिम र पिछडिएका समुदायको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग समावेश छ।
नेताहरूले २१ फागुन २०८२ को निर्वाचन लक्षित गर्दै पार्टीले स्पष्ट कार्यतालिका ल्याएर तत्काल प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।





