आर्थिक

एक महिनामै भित्रियो २ खर्ब रेमिट्यान्स, हालसम्मकै रेकर्ड

३० कात्तिक, काठमाडौं । असोज महिनामा मुलुकमा रेमिट्यान्स आप्रवाहमा नयाँ कीर्तिमानी बनेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असोजमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन भदौ महिनाको तुलनामा ७९% बढी हो।

ठूला चाडबाडका कारण विदेशमा रहेका नेपालीहरूले स्वदेशमा पैसा पठाउँदा रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको देखिएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिसकेको छ, जुन गत वर्षकै अवधिको तुलनामा ३५.४% बढी हो।

यस अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको संख्या १,२३,४५९ र पुनः स्वीकृति लिनेको संख्या ७७,२५७ पुगेको छ, जुन गत वर्षभन्दा उल्लेखनीय रूपमा बढी हो।