७ मंसिर, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सव सम्पनन्न गरेको छ । देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ वटा संस्थागत सामाजिक उत्तदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको हो ।
बैंकले गरेको रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ । बैंकले वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
त्यसैगरी “स्वस्थ जीवनशैली का लागि खेलकुुद” भन्ने नाराका साथ विकास बैंकले हिजो मंसिर ६ गते गरिमा रोड रन २०२५ समेत सफलतापूर्वक सम्पन्न गरेको छ । जसमा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।
बैंकले गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, सञ्चरकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता प्रकट गरेको छ ।





