आर्थिक

एनआईसी एशिया बैंकका ग्राहकलाई काइरोप्रैक्टिक र म्यानुअल थेरापीमा १० प्रतिशत छुट

७ मंसिर, काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले काइरोप्रैक्टिक र म्यानुअल थेरापी केन्द्र मा सेवा लिँदा विशेष छुट पाउने भएका छन् ।

दुई कम्पनी बिच छुट पाउने सम्झौता भएको बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) जयन्द्र रावलले जानकारी दिएका छन् ।

सम्झौता पश्चात यस बैंकका ग्राहकले बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने छन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त थेरापी सेन्टरसँगको यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।