७ मंसिर, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताए ।
“गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहिच धेरै स्थानमा आक्रमण गरेको छ,” इजरायली सेनाले भनेको छ ।
गाजाको नागरिक सुरक्षा निकायले भनेको छ, “इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्।” हमास र इजरायलले अक्टोबर १० देखि सुरु भएको युद्धविराम फेरि उल्लङ्घन गरेको आरोप एक आपसमा लगाएका छन्।
“हामी धेरै मोर्चाहरूमा आतङ्कवादविद्धको आक्रमणलाई जारी राख्नेछौँं,” नेतान्याहूले क्याबिनेट बैठकको सुरुमा भने ।
“यस सप्ताहन्तमा आईडीएफ (इजरायली सेना) ले लेबनानमा आक्रमण गरेको छ र हामी हिजबुल्लाहलाई आफ्नोबिरूद्ध शक्ति पुनः स्थापित गर्नबाट रोक्न आवश्यक सबै कुरा जारी राख्नेछौँ।
“हामी गाजा पट्टीमा पनि यही गरिरहेका छौँ। युद्धविरामपछि हमासले यसको उल्लङ्घन गर्न छोडेको छैन र हामी तदनुसार कार्य गरिरहेका छौँ।
दुई वर्षको युद्धपछि इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएपछिको शनिबार सबैभन्दा घातक दिनहरू मध्ये एक थियो ।
इजरायली सेनाले भनेको छ, “एक ‘सशस्त्र आतंकवादी’ ले इजरायली सेनाले पछाडि हटेको गाजा पट्टी भित्रको सीमा पार गरेको र इजरायली सैनिकहरूमाथि गोली चलाएको छ । यो युद्धविराम सम्झौतामा पार नगर्ने सहमति भएको थियो ।
त्यसको जवाफमा सेनाले गाजा पट्टीमा रहेको आतङ्कवादीहको आश्रयस्थलमा आक्रमण गर्न थालेको बताइएको छ ।
“हमासले ‘हाम्रा सैनिकहरूलाई हानि पुर्याउने प्रयास’ मासीमा रेखाभन्दा बाहिर घुसपैठ गर्न ‘धेरै प्रयासहरू’ गरेको छ,” नेतान्याहूले आइतबार भने ।
उनले भने, “हामीले ठूलो शक्तिका साथ यसलाई विफल पारेका छौँ र यसको बदला पनि लिएका छौँ र यसको हमासले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ ।”
प्रधानमन्त्री नेतान्याहूले इजरायललाई गाजा वा लेवनानमा आक्रमणका लागि बाहिरबाट अनुमोदन चाहिन्छ भन्ने कुरा ‘पूर्ण गलत’ भएको बताएका छन् ।





