८ मंसिर, काठमाडौं । कांग्रेस नेता गगन थापाले पार्टीभित्र विशेष महाधिवेशन आवश्यक भएको स्पष्ट गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
थापाका अनुसार धेरै सहकर्मीहरूले सोधिरहेको “पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने हो?” भन्ने प्रश्नको जवाफ अब स्पष्ट छ। उनले भनेका छन्, “अहिलेको विधान अनुसार समयमै विशेष महाधिवेशन हुन्छ, त्यहीँबाट नयाँ सभापतिको चयन हुनेछ।” थापाले नयाँ सभापति निर्वाचित भएपछि उनकै हस्ताक्षरमा चुनाव आयोगमा जाने र पार्टीले नयाँ नेतृत्व र नयाँ नीतिसहित चुनाव लड्ने स्पष्ट पारे।
उनले लेखेका छन्, “यही कारण हो, हामीले चुनावअघि नै महाधिवेशन भन्नुभएको हो। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपरोस्।”






