राजनीति

गुरु घिमिरेले गरे कांग्रेस बैठक ढिलाइको आलोचना

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेता गुरु घिमिरेले पार्टीको केन्द्रीय कार्यसमिति बैठक अत्यधिक लामो समयसम्म चलेको भन्दै आलोचना गरेका छन्। बुधबार काठमाडौंमा आयोजित विशेष महाधिवेशन पक्षधरको भेलामा उनले संसारका अन्य पार्टीसँग तुलना गर्दै बैठकको ढिलाइको व्यंग्य गरेका हुन्।

घिमिरेले चिनियाँ कम्युनिस्ट पार्टीको सबैभन्दा लामो बैठक २३ दिन मात्र चलेको स्मरण गर्दै भने, “हाम्रो पार्टीको बैठक डेढ महिना बितिसक्दा पनि निष्कर्षमा पुग्न सकेको छैन। असोज २८ गतेदेखि सुरु भएको बैठक आजसम्म जारी छ, तर परिणाम शून्य छ।”

उनले भनाइ थप्दै भने, “बल्लतल्ल हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरायौं। त्यसपछि निर्वाचनमा भाग लिने तयारी मात्रै भयो।”

भोलि (बिहीबार) पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भनिएको छ। तर, घिमिरेले बैठक बस्ने वा नबस्ने विषयमा अफवाह मात्रै देखिएको बताए। उनले भने, “आजसम्म गर्ने भनाइ सत्य भएको छैन, सर्ने भनाइ नै सत्य सावित भएको छ।”

गुरु घिमिरेको यो टिप्पणीले कांग्रेसमा बैठक ढिलाइ र निष्कर्ष नआएको विषयमा आलोचना अझ बढाएको छ।

यस्ता छन् आजका बैठकका तस्बीरहरु: