राजनीति

पुष मसान्त भित्र नियमति महाधिवशन हुन्छ : उपसभापति गुरुङ

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति धनराज गुरुङले पुष मसान्त भित्र नियमति महाधिवेशन हुने संकेत गरेका छन् ।

उनले आज पार्टी साभापति शेयरबहजार देउवासँगको औपचारीक बैठक सकारात्मक भएको भन्दै पुष मसान्तसम्म नियमित महाधिवेसन हुने मिलनविन्दु बन्न सक्ने सामाजिक सञ्जालमा बताएका छन् ।

‘आदरणीय सभापतिज्युको निवासमा आज भएको अनौपचारिक बैठक केही हदसम्म सकरात्मक दिशामा अगाडी बढेको छ’, गुरुङले भनेका छन्, ‘नियमित महाधिवेशन पौष मसान्त मिलनविन्दु बन्न सक्छ। सबै नेता साथीहरुले आआफ्नो तर्फबाट सकरात्मक भुमिका निर्वाह गरौं। धैर्य गरौं।’