राजनीति

अन्तर्वार्ता मार्फत गगन थापाले गरे सभापतिको उम्मेदवारी घोषणा 

१७ मंसिर, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुरमा थापाले आफू १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार भएको बताएका छन् । उनले पत्रकार निमेष बञ्जाडेले चलाउने हिमालय टेलिभिजनको यक्ष प्रश्नमा अन्तर्वार्ता दिँदै यस्तो बताएका हुन् । 

थापाले यस अगाडि कान्तिपुर सम्पादक रुपेश श्रेष्ठले सञ्चालन गर्ने फायर साइडमा समेत आफू सभापति उठ्ने संकेत गरेका थिए । श्रेष्ठसँग थापाले आफू स्वाभाविक रूपले सभापतिको उम्मेदवार रहेको बताएका थिए । 

त्यस यता काँग्रेसको महाधिवेशन गर्छ वा गर्दैन भन्नेमै अन्योल रहेको थियो । सोमबार कांग्रेको केन्द्रीय पदाधिकारीको बैठकले पुस १६ गतेदेखि २८ गतेसम्म आफ्नो १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णय पश्चात् थापाले पहिलो पटक सार्वजनिक रूपमा आफू सभापतिको उम्मेदवार रहेको घोषणा गरेका हुन् । 

‘म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो,’ थापाले भने, ‘मलाई के विश्वास छ भने, नेपाली काँग्रेसका बहुसङ्ख्यक साथीहरूले १५ औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ ।’

महामन्त्री थापा र विश्वप्रकाश शर्माको जोड बलमा काँग्रेसको १५औँ महाधिवेशन हुने भएको छ । काँग्रेसमा संस्थापन पक्ष महाधिवेशन नगराउने पक्षमा उभिए पनि सभापति शेरबहादुर देउवाले अग्रसर देखाएर महाधिवेशन सुषमा गर्नुपर्ने मत राखेपछि काँग्रेसमा सहमति देखिएको हो । 

उता वरिष्ठ नेता शेखर कोइराला पनि आफू सभापतिमा उठ्नका लागि भन्दै आफ्नो तयारी तीव्र पारेका छन् । उनीले पनि आफ्नो पक्षका नेता तथा कार्यक्रर्ताहरुलई भेटघाट गिरहेका छन् ।