१८ मङ्सिर, काठमाडौँ । काठमाडौंको धोबी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मदन भण्डारी कलेज नजिक खोलाको किनारमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ।
शव फेला परेको स्थान नजिकै एक साइकल लडेको अवस्थामा भेटिएकोले घटनाको कारणबारे थप शंका उब्जिएको छ। हालसम्म मृतक पुरुषको पहिचान खुल्न बाँकी रहेको र आवश्यक प्रक्रिया तथा अनुसन्धान अघि बढाइएका छन्।
प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएको छ।





