१८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि हाल बहालमा रहेका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रअनुसार, मातहतका कार्यसमितिहरूले हाल कार्यरत सांसद र सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न नपाउने छन्।
साथै, प्रतिनिधिसभा प्रत्यक्षतर्फ एक महिला सहित तीन जना, समानुपातिकतर्फ कम्तीमा एक महिला सहित दुई जना सिफारिस गर्नुपर्ने व्यवस्था समेत तय गरिएको छ।
सिफारिस प्रक्रियामा तोकिएको संख्या भन्दा बढी नाम प्रस्ताव भएमा केन्द्रले कार्यान्वयन नगर्ने स्पष्ट गरिएको छ।





