१८ मंसिर, काठमाडौं। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै छन्। उनी दुई दिवसीय औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्ने कार्यक्रम तय भएको छ।
भारतीय समय अनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्ने पुटिनको कार्यतालिकामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्वपूर्ण द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने व्यवस्था छ।
पुटिनको भ्रमणका कारण भारतमा सुरक्षा कडा पारिएको छ। सबै सुरक्षा एजेन्सीहरू ‘हाई अलर्ट’मा राखिएको र उनका आगमनदेखि फर्किने समयसम्म सम्पूर्ण गतिविधि निगरानीमा रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।




