राजनीति

एमाले च्यासल कार्यालयमा प्रतिनिधि छनोटको विवाद, कार्यकर्ताबीच झडप

१९ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच झडप भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया असन्तोषजनक भएको भन्दै कार्यालय पुगेका थिए।

उनीहरूले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना विचार राखे। तर, भेटवार्ता क्रममा अर्को समूहसँग हात हालाहाल भएको बताइएको छ।

एमालेको महाधिवेशन यही मंसिर २७ गते भक्तपुर सल्लाघारीमा हुने तय भएको छ। प्रतिनिधि छनोटको प्रक्रियामा लोकतान्त्रिक तरिका अपनाइएन भन्ने आरोपमा असन्तुष्ट नेताहरूले च्यासलमा आपत्ति जनाएका थिए। उनीहरूले डेढ वर्षदेखि विधि नमिलाइने अवस्थामा विरोध देखाएका छन्।