चितवन, २० मंसिर । पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका छन्। देवचुली नगरपालिका–१३ स्थित उक्त वनमा अचानक धेरै मृग मृत फेला परेकोले चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान सुरु गरेको छ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मृत मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरिएको छ र ललितपुरको राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ।
रिपोर्टपछि मृत्युको कारण स्पष्ट हुनेछ। उनले भने, “मानवजन्य कारण हो कि प्राकृतिक मृत्यु हो भन्ने पोस्टमार्टमले देखाउनेछ। दोषी पत्ता लागे कारबाही हुनेछ।”
यो घटनाअघि यति ठूलो संख्यामा मृग मृत फेला परेको थिएन।





