राजनीति

ईश्वर पोखरेलले बुझाए महाधिवेशन अवधारणापत्र, नेतृत्व परिवर्तनमै जोड

२२ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौं Mahadhiveshan (महाधिवेशन) लक्षित अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन्। सोमबार दिउँसो ललितपुर–च्यासलस्थित पार्टी मुख्यालय पुगेका पोखरेलले आफ्ना निकट नेताहरूसहित उक्त दस्तावेज महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका पोखरेल समूहले तयार पारेको यो अवधारणापत्र आजै पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्ने तयारी छ। उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, यस अवधारणापत्रले पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता र दिशा स्पष्ट रुपमा अघि सारेको छ।

पोखरेलले तयार पारेको दस्तावेज महाधिवेशनका एजेन्डा र पार्टी संरचना सुधारमा केन्द्रित रहेको बताइएकाे छ। एमालेभित्र महाधिवेशन नजिकिँदै गर्दा पोखरेल समूहको यो कदम आन्तरिक बहसलाई झनै तातो बनाउने देखिन्छ।