आर्थिक

पूर्वराष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद् भवनको अवलोकन

२५ मङ्सिर, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको बानेश्वरस्थित सङ्घीय संसद् भवनको आज अवलोकन गरेकी छिन् ।

सोही अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनको स्थितिबारे जानकारी गराए । भवनको अवलोकनपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरुबीच कुराकानी भएको थियो ।