२६ मङ्सिर, काठमाडौँ । एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्।
महाधिवेशनको नेतृत्व विवादको बीचमा रानाले आज बिहान सामाजिक सञ्जालमार्फत पारिवारिक कारणले जिम्मेवारीबाट मुक्त भएको घोषणा गरे। उनले आगामी महाधिवेशनमा कुनै पद नउठ्ने पनि स्पष्ट पारेका छन्।
राना २०३५/३६ सालदेखि कम्युनिस्ट पार्टीसँग आबद्ध थिए र २०७० सालमा छोटो समयका लागि भूमि सुधार तथा व्यवस्था मन्त्री समेत बनेका थिए।





