२६ मंसिर, स्याङ्जा । स्याङ्जा–१ मा प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट इन्द्र रिजालसहित ११ जनाको नाम सिफारिस २५ मङ्सिर, स्याङ्जा। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा–१ बाट नेपालबहस डटकमका प्रधानसम्पादक तथा अध्यक्ष इन्द्रबहादुर रिजालको नाम सिफारिस गरेको छ।
रिजाल नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्यका साथै महाधिवेशन प्रतिनिधि पनि हुन । जिल्लास्तरीय कार्यसमितिको बुधबार सम्पन्न बैठकले प्रत्यक्षतर्फ कांग्रेस प्रचार विभागका केन्द्रीय सदस्य समेत रहेका वरिष्ठ पत्रकार रिजालसहित ११ जनाको नाम सिफारिस गरेको हो।
प्रत्यक्षतर्फ सिफारिस हुने अन्य नेतामध्ये कांग्रेस उपसभापति धनराज गुरुङ, जिल्ला सभापति राजु थापा, मेखलाल श्रेष्ठ, गोबिन्दबहादुर रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना (कुमार), खुमाप्रसाद अर्याल, बन्दना लम्साल र भरतराज ढकाल रहेका छन्। त्यस्तै, समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारीलाई सिफारिस गरिएको छ। स्याङ्जा–२ मा पनि कांग्रेसले प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस गरेको छ।
उनीहरूमा धनराज गुरुङ, गोपालमान श्रेष्ठ, शेषकान्त पुरी, केदार काफ्ले, खुमाप्रसाद अर्याल, विष्णु पौडेल, युवराज पाण्डेय, मोहनप्रसाद पाण्डेय, भागवत प्रकाश मल्ल, धुर्व शर्मा पंगेनी, माया राना र श्याम बस्याल समावेश छन्। समानुपातिक सिफारिसमा भुमा शर्मा पाण्डे (महिला), तुलसी नेपाली (दलित महिला), देवकी राना (जनजाति महिला), विमला श्रेष्ठ (जनजाति महिला), लिलबहादुर रनपाल (दलित) र सूर्य माझी (अल्पसंख्यक) रहेका छन्।





