राजनीति

‘विविधतामा एकता हाम्रो मूल मन्त्र, हिंसाबाट परिवर्तन स्वीकार्य छैन’: ओली

२७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औं महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित जनताको संख्या कम नआक्न आग्रह गरेका छन्। भक्तपुर सल्लाघारीस्थित खुल्लाचौरमा आयोजित समारोहमा ओलीले भने, “हिमाल, पहाड, तराई र प्रवाससम्म फैलेको हाम्रो महासागरको एउटा थोपा मात्र यहाँ उपस्थित छ, यसलाई सानो नठान्नु।”

अध्यक्ष ओलीले हिंसा र युद्धमार्फत परिवर्तन स्वीकार गर्न नसकिने पनि प्रष्ट पारे। उनले भने, “हिंसा वा युद्ध समयको साधन हुन सक्दैन। जनताको मन जितेर शान्तिपूर्ण ढंगले समाज परिवर्तन गर्न सकिन्छ। विविधता र बहुलता हाम्रो सम्पदा हुन्, दूरी बढाउने विषय होइन।”

उद्घाटनसँगै आजदेखि तीन दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने छ।