राजनीति

नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समितिको बैठक

मंसिर २८, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। बैठक मंसिर २९, २०८२ (सोमबार) बिहान १० बजे पार्टीको केन्द्रीय कार्यालय सिपी स्मृति भवन, सिपी नगर, काठमाडौं मा हुने भएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका सदस्यहरू साथै निमन्त्रित ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठकको एजेन्डा सार्वजनिक भने गरिएको छैन, तर पार्टीले सबै सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ।