राजनीति

नेकपा एमाले अध्यक्षका लागि ओली र पोखरेलको प्रतिस्पर्धा, मतदान भोलि हुने

२९ मंसिर, काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदको लागि चुनावी प्रक्रिया जारी छ। आज काठमाडौंको भृकुटीमण्डपमा भएको बन्दसत्रमा केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन्। केहीअघि अर्का उम्मेदवार ईश्वर पोखरेलले पनि आफ्नो उम्मेदवारी दर्ता गरिसकेका थिए।

निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुने छ भने आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

दुवै नेता ओली र पोखरेल आफ्ना प्यानल बनाएर चुनावी मैदानमा प्रवेश गरेका छन्। यससँगै एमालेको ११औं महाधिवेशन राजनीतिक प्रतिस्पर्धाले तातिरहेको छ।