राजनीति

नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसादको माइतीघरमा कार्यक्रम आज

१५ पुस, काठमाडौँ । नागरिक बचाउ अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसादले माइतीघर मण्डलामा उपस्थित भएर भेटघाट कार्यक्रम आयोजना गर्ने भएका छन्। दुर्गा प्रसाद सचिवालयद्वारा जारी सूचनाअनुसार, केही समयअघि माइतीघर आमरण अनशनमा रहेका डा. निकोलस भुसालसँग भेटघाट गर्न अध्यक्ष दुर्गा प्रसाद आज अपराह्न ३ बजे माइतीघर पुग्ने कार्यक्रम तय भएको छ।

उक्त कार्यक्रममा सम्पूर्ण राष्ट्रवादी साथीहरूलाई उपस्थित भइ कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गरिएको छ। सचिवालयले राष्ट्र, राष्ट्रियता र जनताको हितका विषयमा छलफल तथा ऐक्यबद्धता व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ।

कार्यक्रममा राष्ट्रवादी विचारधारामा विश्वास गर्ने सम्पूर्ण व्यक्तिहरूको सक्रिय सहभागिता अपेक्षित गरिएको छ।