राजनीति

६४ दलले गरे समानुपातिक उम्मेदवारको बन्दसूची पेस

१५ पुस, काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन्।

निर्वाचन आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी उम्मेदवारको बन्दसूची पेस भएको छ। यसैगरी, १० वटा दलले ४ वटा एकल चुनाव चिह्नमा निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन्।

निर्वाचन आयोगले बन्दसूची बुझाउने दलहरूको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।