समाचार

नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२० पुस, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बोलाएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी तय गरिएको छ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिलाई अनिवार्य बनाइएको छ।