२१ पुस, हेटौंडा । काठमाडौं-हेटौंडा छोटो मार्गअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । आइतबार साँझ ना१ज १७७८ नम्बरको टाटासुमो जिप सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मृतकमध्ये ४ जनाको पहिचान खुलेको छ भने २ जनाको अझै पहिचान हुन सकेको छैन । घाइतेमध्ये २ जनालाई गम्भीर अवस्थामा भरतपुर रिफर गरिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





