२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबै समुदायलाई शान्ति, सद्भाव र एकताको बाटो रोज्न अपिल गरेका छन्।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको विवादले दुई समुदाय बीच तनाव बढाउँदा, मुख्यमन्त्री यादवले फेसबुक सन्देशमार्फत “मधेशको शक्ति एकतामा छ, विभाजनमा होइन” भन्दै मधेशको विविधतालाई यसको सामर्थ्य र शक्ति भएको बताएका छन्।





