समाचार

कांग्रेसमा विवादबीच आज विशेष महाधिवेशन आह्वान

२३ पुस, काठमाडौं । विवादका बीच नेपाली कांग्रेसमा आज विशेष महाधिवेशन आह्वान हुँदैछ। ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले प्रतिनिधिहरूलाई आह्वान गर्न तयारी गरेको छ। नेता मनोजमणि आचार्यका अनुसार, ११ बजेतिर पत्रकार सम्मेलनमार्फत सबै प्रतिनिधिलाई आमन्त्रित गरिनेछ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पनि आह्वान गर्ने तयारी गरेका छन्। सचिवालयले भृकुटीमण्डप बुकिङसहित विभिन्न समितिहरू गठन गरिसकेको छ। तर सभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधि सभा निर्वाचनअघि विशेष महाधिवेशन सम्भव नरहेको जनाएको छ।