२३ पुस, काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ। कांग्रेसले सातै प्रदेशबाट उम्मेदवार चयन गरेको र आज मनोनयन दर्ता हुने कार्यक्रम रहेको जनाएको छ।
सूचनाअनुसार, कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रन्जित कर्ण (अपांग/अल्पसंख्यक), बागमती प्रदेशबाट गीता देवकोटा (महिला) प्रतिनिधि बन्ने छन्।
यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली (अपांग) र चन्द्रबहादुर (केसी), कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) र सुदूरपश्चिमबाट खम्मबहादुर खाती (अन्य) रहेका छन्।
कांग्रेस, एमाले र नेकपाबीच चुनावी तालमेलका लागि छलफल जारी रहँदा पार्टीले आफ्नो उम्मेदवार टुंगो लगाएको हो। माघ ११ गते मतदान हुनेछ।





