५ माघ, काठमाडौं । सोमबार सुन–चाँदीको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँ बढेर २ लाख ८२ हजार पुगेको छ भने चाँदी १८५ रुपैयाँ बढेर ५ हजार ८१० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन सुन २ लाख ७७ हजार ८ सय र चाँदी ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।





